नेक्स मोडल एजेन्सीका सन्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन

काठमाडौं, नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको प्रथम अधिवेशन सम्पर्न भएको छ । सस्थापक अध्यक्ष नेपलिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको प्रमुख आतिथ्यमा कार्यक्रम सन्चालन गरिएको थियो ।उक्त कार्यक्रममा नेक्स मोडल एजेन्सीका सन्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरीएको छ । उपाध्यक्षमा शुसीला थापा,सचिव डेभिल सिंह राजपुत,कोषाध्यक्ष नितु श्रेष्ठ ,सहसचिव कृष्ण श्रेष्ठ,सहकोषाध्यक्षमा विशाल पासवान चयन गरीएको छ भने सदस्यहरुमा भरत समारी,अमिसा वली,समसाद शाह,छिरिङ सेर्पा र रवि लामा तामाङ चयननु भएका छन ।

प्रमुख अतिथि तथा सस्थापक अध्यक्ष हेमा मानन्धरले सम्पूर्ण कार्यक्रम आयोजकहरुको हकहितको लागि सधै आवाज उठाउदैं सस्थालाई अगाडी बढाउनुका साथै नबनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।नेपालभर विभिन्न कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्नेहरुलाई एकताबद्ध गर्ने र भोलीका दिनमा कार्यक्रम आयोजकहरुको हकहितको लागि आफ्नो काम गर्ने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष रवि धमालाले वताउनु भयो ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: २८ फाल्गुन २०८१, बुधबार २१:२२