
काठमाडौं, फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु भएको छ । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फेम्ड सरोज पौडेलले यो फिल्मको निर्देशन गर्दैछन् ।
ललितपुरको च्यासलबाट छायांकन सुरु भएको छ । छायांकनपूर्व ‘कास्ट एण्ड क्रू’ले शुभसाइत पूजा गरेका थिए । काठमाडौंमा एक साता छायांकन चल्ने र बाँकी छायांकन स्याङ्जामा गर्ने तयारी छ ।फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनालको अभिनय हुनेछ ।
महिलाप्रधान फिल्ममा अभिनेत्री पन्तको शीर्ष भूमिका हुने जनाइएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का हुनेछन् ।
‘कोशेढुंगा’ २०८२ सालभित्र प्रदर्शन हुने जनाइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार २१:२५
युक्रेनद्वारा रुसीमा हालसम्मकै सबैभन्दा ठुलो आक्रमण, ११७ ड्रोनको प्रयोग

अब कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने

राजसंस्था समर्थकद्वारा उपत्यका बन्द फिर्ता

भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide
