काठमाडौं, फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु भएको छ । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फेम्ड सरोज पौडेलले यो फिल्मको निर्देशन गर्दैछन् ।
ललितपुरको च्यासलबाट छायांकन सुरु भएको छ । छायांकनपूर्व ‘कास्ट एण्ड क्रू’ले शुभसाइत पूजा गरेका थिए । काठमाडौंमा एक साता छायांकन चल्ने र बाँकी छायांकन स्याङ्जामा गर्ने तयारी छ ।फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनालको अभिनय हुनेछ ।
महिलाप्रधान फिल्ममा अभिनेत्री पन्तको शीर्ष भूमिका हुने जनाइएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का हुनेछन् ।
‘कोशेढुंगा’ २०८२ सालभित्र प्रदर्शन हुने जनाइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
