फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा टिकटकर पारस बम ‘कूल ब्वाय’, सिम्रन पन्त, केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिष, ‘भ्वाइस अफ नेपाल’ का गायक रिहान गिरी, पदम तामाङ, समा पराजुली, हेना नगरकोटी आदीको अभिनय रहेको छ । प्रवीण खतिवडा वार्डेनको रोलमा छन् ।
आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँको पनि अभिनय छ । सशान कँडेल ‘सन्तोष’को अभिनय रहेको फिल्मलाई सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रालिले निर्माण गरेका हुन् । ‘होस्टेल’को अघिल्लो श्रृंखलाबाट अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायत दर्जनौँ कलाकार उदाएका थिए । अब, ‘होस्टेल ३’ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने सङ्केत गरेको छ ।
निर्देशक कँडेलको यो डेब्यु निर्देशकीय फिल्म हो, जो दुई दशकदेखि सङ्गीत र म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।‘ होस्टेल ३’ फागुन २३ मा रिलिज हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
