
काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आफूहरुमाथि लगाइएको आरोप सत्य नभएको बताएका छन् । उनीहरुले आज भिडियो सन्देशमार्फत् यूएसएडको पैसा लिएर धर्म विरोधी काम गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।
मदनकृष्ण श्रेष्ठले आफूहरुविरुद्ध अनर्गल प्रचार हुँदा चित्त दुखेको बताए । उनले भनेका छन्, ‘हामीले सबैलाई आफ्नो सम्झिन्छौं, आफ्नो हितैषी सम्झिन्छौं । हितैषीहरुबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ ।’ ‘
हरिवंश आचार्यले आफूहरुले कुनै पनि धर्मसम्प्रदायलाई चोट पुग्ने काम नगरेको स्पष्टीकरण दिएका छन् । ‘सनातन हिन्दुधर्म, बुद्ध धर्म वा अरु कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौं र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अनर्गल प्रचार हो,’ आचार्यले भनेका छन् ।
आफूहरुले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रमहरुमा काम गरेको र ती सबै युट्युबमा भएकाले हेर्न पनि उनले अनुरोध गरेका छन् । आफूहरुले २०५२ सालमा ‘पञ्चायती व्यवस्थाको श्राद्धे’ भनेर कार्यक्रम गरेको र त्यसमा एकजना पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरिएको बताउँदै आचार्यले अहिले त्यसैको एउटा टुक्रा सेयर गर्दै सनातन धर्मको विरोध गरेको आरोप लगाइएको बताएका छन् ।
आचार्यले भने, ‘पण्डित हुँदैमा भगवान हुँदैन । म पनि पण्डितकै छोरो हुँ । व्यंग्य भनेको पण्डितलाई पनि गर्न पाइन्छ, नेतालाई पनि गर्न पाइन्छ, पुलिसलाई पनि गर्न पाइन्छ, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्ने कुरा चाहिँ कपोलकल्पित कुरा हो ।’
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार १०:४७
भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide

कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि
