काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आफूहरुमाथि लगाइएको आरोप सत्य नभएको बताएका छन् । उनीहरुले आज भिडियो सन्देशमार्फत् यूएसएडको पैसा लिएर धर्म विरोधी काम गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।
मदनकृष्ण श्रेष्ठले आफूहरुविरुद्ध अनर्गल प्रचार हुँदा चित्त दुखेको बताए । उनले भनेका छन्, ‘हामीले सबैलाई आफ्नो सम्झिन्छौं, आफ्नो हितैषी सम्झिन्छौं । हितैषीहरुबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ ।’ ‘
हरिवंश आचार्यले आफूहरुले कुनै पनि धर्मसम्प्रदायलाई चोट पुग्ने काम नगरेको स्पष्टीकरण दिएका छन् । ‘सनातन हिन्दुधर्म, बुद्ध धर्म वा अरु कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौं र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अनर्गल प्रचार हो,’ आचार्यले भनेका छन् ।
आफूहरुले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रमहरुमा काम गरेको र ती सबै युट्युबमा भएकाले हेर्न पनि उनले अनुरोध गरेका छन् । आफूहरुले २०५२ सालमा ‘पञ्चायती व्यवस्थाको श्राद्धे’ भनेर कार्यक्रम गरेको र त्यसमा एकजना पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरिएको बताउँदै आचार्यले अहिले त्यसैको एउटा टुक्रा सेयर गर्दै सनातन धर्मको विरोध गरेको आरोप लगाइएको बताएका छन् ।
आचार्यले भने, ‘पण्डित हुँदैमा भगवान हुँदैन । म पनि पण्डितकै छोरो हुँ । व्यंग्य भनेको पण्डितलाई पनि गर्न पाइन्छ, नेतालाई पनि गर्न पाइन्छ, पुलिसलाई पनि गर्न पाइन्छ, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्ने कुरा चाहिँ कपोलकल्पित कुरा हो ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
