न्यूयोर्क । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका २०२५’को लागि आवेदन खुला भएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले वक्तव्य जारी गर्दै आइतबारदेखि आवेदन खुला भएको जनाएको हो ।

अगस्ट २ मा अमेरिकाको न्यूयोर्कमा फिनाले आयोजना हुनेछ । प्रतियोगी १८ देखि २९ वर्षसम्मको उमेर हुनुपर्ने, उत्तर अमेरिका निवासी हुनुपर्ने र विगतमा विवाह समेत नगरेको हुनुपर्ने मापदण्ड राखिएको छ ।
च्च माध्यमिक वा सो सहरको शैक्षिक योग्यता हुनुपर्ने र न्यूनतम उचाई ५ फिट १ इन्च हुनुपर्ने सर्त समेत छ । ‘एकसाथ हिम्मतको यात्रा सुरु गरौं’ भन्ने नारासहित यसवर्षको संस्करण हुन लागेको हो ।

मिस नेपाल नर्थ अमेरिकाको वेबसाइटमार्फत इच्छुकले आवेदन दिन सक्ने जनाइएको छ । आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले कार्यक्रमलाई उत्कृष्ट र भव्य तुल्याइने बताए । ‘सौन्दर्य प्रतियोगितामा भाग लिनु भनेको तपाईंको चरित्रको सौन्दर्य, लचिलोपन र तपाईंको विश्वासको शक्ति प्रदर्शन गर्ने प्लाटफर्म हो’ आयोजकले विज्ञप्तिमा भनेका छन् ।

यो प्रतियोगिता प्रतिस्पर्धा मात्र नभइ सबैलाई प्रेरणा दिने र दीर्घकालीन प्रभाव पार्ने मञ्च समेत भएको उनको भनाइ छ । उनले सुन्दरता छालाको रङभन्दा गहिरो हुने बताउँदै सौन्दर्यलाई चरित्रको अभिव्यक्तिको रुपमा अथ्र्याएका छन् । ‘शारीरिक सौन्दर्य मनाउन मात्र नभई हरेक प्रतियोगीले यस चरणमा ल्याएका सपनाहरूको चमक, लचिलोपन र असाधारण कथाहरूको साक्षी बनौं’ विज्ञप्तिमा भनिएको छ ।
अघिल्ला संस्करणमा नर्थ क्यारोलिनाकी अन्ना कोइरालाले मिस नेपाल नर्थ अमेरिका २०२४ को ताज पहिरिएकी थिइन् । सन् २०२३ मा यो उपाधि जुबली शेर्पाले जितेकी थिइन् भने त्यसअघिका विजेताहरूमा सन् २०१८ मा मोनिका घले, २०१९ मा श्रीया गजुरेल, २०२१ मा गरिमा ज्ञवाली र २०२२ मा प्रतियुशा बोहोरा थिए ।
विजयी हुनेले मिस नेपाल २०२५ को फिनालेमा भाग लिने मौका पाउनेछन् । ‘मिस नेपाल नर्थ अमेरिका’ उत्तर अमेरिकाको प्रतिष्ठित नेपाली सौन्दर्य प्रतियोगिता हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-25
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
