
न्यूयोर्क । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका २०२५’को लागि आवेदन खुला भएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले वक्तव्य जारी गर्दै आइतबारदेखि आवेदन खुला भएको जनाएको हो ।

अगस्ट २ मा अमेरिकाको न्यूयोर्कमा फिनाले आयोजना हुनेछ । प्रतियोगी १८ देखि २९ वर्षसम्मको उमेर हुनुपर्ने, उत्तर अमेरिका निवासी हुनुपर्ने र विगतमा विवाह समेत नगरेको हुनुपर्ने मापदण्ड राखिएको छ ।
च्च माध्यमिक वा सो सहरको शैक्षिक योग्यता हुनुपर्ने र न्यूनतम उचाई ५ फिट १ इन्च हुनुपर्ने सर्त समेत छ । ‘एकसाथ हिम्मतको यात्रा सुरु गरौं’ भन्ने नारासहित यसवर्षको संस्करण हुन लागेको हो ।

मिस नेपाल नर्थ अमेरिकाको वेबसाइटमार्फत इच्छुकले आवेदन दिन सक्ने जनाइएको छ । आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले कार्यक्रमलाई उत्कृष्ट र भव्य तुल्याइने बताए । ‘सौन्दर्य प्रतियोगितामा भाग लिनु भनेको तपाईंको चरित्रको सौन्दर्य, लचिलोपन र तपाईंको विश्वासको शक्ति प्रदर्शन गर्ने प्लाटफर्म हो’ आयोजकले विज्ञप्तिमा भनेका छन् ।

यो प्रतियोगिता प्रतिस्पर्धा मात्र नभइ सबैलाई प्रेरणा दिने र दीर्घकालीन प्रभाव पार्ने मञ्च समेत भएको उनको भनाइ छ । उनले सुन्दरता छालाको रङभन्दा गहिरो हुने बताउँदै सौन्दर्यलाई चरित्रको अभिव्यक्तिको रुपमा अथ्र्याएका छन् । ‘शारीरिक सौन्दर्य मनाउन मात्र नभई हरेक प्रतियोगीले यस चरणमा ल्याएका सपनाहरूको चमक, लचिलोपन र असाधारण कथाहरूको साक्षी बनौं’ विज्ञप्तिमा भनिएको छ ।
अघिल्ला संस्करणमा नर्थ क्यारोलिनाकी अन्ना कोइरालाले मिस नेपाल नर्थ अमेरिका २०२४ को ताज पहिरिएकी थिइन् । सन् २०२३ मा यो उपाधि जुबली शेर्पाले जितेकी थिइन् भने त्यसअघिका विजेताहरूमा सन् २०१८ मा मोनिका घले, २०१९ मा श्रीया गजुरेल, २०२१ मा गरिमा ज्ञवाली र २०२२ मा प्रतियुशा बोहोरा थिए ।
विजयी हुनेले मिस नेपाल २०२५ को फिनालेमा भाग लिने मौका पाउनेछन् । ‘मिस नेपाल नर्थ अमेरिका’ उत्तर अमेरिकाको प्रतिष्ठित नेपाली सौन्दर्य प्रतियोगिता हो ।
Sudina Shrestha
प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार १३:१९
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
