जेनेभा (एजेन्सी) । संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (यूएनएचसीआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ । यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख भएको अनुमान गरे पनि सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।
मुख्यतया सुडानमा गृहयुद्धको कारण शरणार्थीको सङ्ख्या बढेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ अप्रिलमा हिंसा बढेपछि एक करोड १८ लाख भन्दा धेरै मानिस सुडानबाट भाग्न बाध्य भएका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा म्यानमारको अवस्थाले पनि शरणार्थी सङ्ख्या वृद्धिमा योगदान पुर्याएको छ ।
यस्तै गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाख भन्दा बढी मानिसहरू जबरजस्ती रुपमा विस्थापित भएका छन् । जर्मनीमा यूएनएचसीआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा व्याख्या गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ पुष २०८१, मंगलवार ०८:५५
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ
नेता, भूमाफिया र दलालहरूले जनताको पसिना चुसेः प्रचण्ड
त्रिदेशीय महिला टी–२० शृङ्खलाः नेपालको लगातार चौथो हार