काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएपी) र काठमाडौं क्यान्सर सेन्टरले एक कार्यक्रमबीच मंगलबार ‘वल्र्ड क्यान्सर डे’ मनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा नक्सालस्थित होटल होलिडेमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्व, पत्रकार, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयुक्तरुपमा उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेल र उपसभामुख राना मगरले क्यान्सर रोग निवारण तथा नियन्त्रणबारे आफ्नो धारणा राखेका थिए । स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर रोकथाम तथा समयमै उपचारका लागि सरकारले नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेको उल्लेख गरे ।

उनले क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल सरकारले क्यान्सर रोग निवारण तथा रोकथामको सन्दर्भमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । र, अझै गर्न धेरै बाँकी छ ।’ उनले नेपालमा क्यान्सर रोगबाट दैनिन चार जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको पनि जानकारी दिए ।

यस्तै, उपसभामुख राना मगरले क्यान्सर पीडितहरूको सेवाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् । उनले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सरकार, गैरसरकारी संस्था तथा जनसाधारणले हातेमालो गर्नुपर्नेमा जोड दिइन् । उनले नेपालमा क्यान्सर रोगबारे चेतना जोगाउन आवश्य बताउँदै नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सर निवारण तथा रोकथामबारे गर्दै आएको क्रियाकलापको प्रशंसा गरिन् ।

कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको आधिकारिक वेबसाइटसमेत लन्च गरिएको थियो । वेबसाइटको प्रमुख अतिथि स्वास्थ्यमन्त्री पौडेल र उपसभामुख राना मगरले शुभारम्भ गरेका थिए । उक्त वेबसाइटले क्यान्सरसम्बन्धी जानकारी, रोकथामका उपाय, उपचारका विधि, प्रतिष्ठानका गतिविधि तथा विभिन्न अनुसन्धानहरू उपलब्ध गराउने बताइएको छ ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सिमित सापकोटाले मिडिया अन्तक्र्रियाको क्रममा क्यान्सरसम्बन्धी विभिन्न जिज्ञासाहरूको जवाफ दिएका थिए । उनले क्यान्सरको रोकथाम, शीघ्र पहिचान, उपचार प्रविधि र सरकारी सहकार्यबारे महत्त्वपूर्ण जानकारी दिएका थिए ।
कार्यक्रममा क्यान्सर रोकथाम तथा उपचारमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । ‘इन्स्पायरिङ युथ २०२५’ अवार्डबाट अबिनाश खत्री र सुष्मा भण्डारी सम्मानित भए भने ‘वुमन अफ इन्स्पिरेशन २०२५’ को सम्मान देविका बन्दानाले प्राप्त गरिन् ।
यस्तै, क्यान्सर उपचारमा सहयोग पुर्याउने विभिन्न संस्थाहरू जे एन्ड जे एकेडेमी, मिराकल स्किन, करुना सिटी क्लिनिक, चिरायू अस्पताल, ओम समाज डेन्टल, नेपाल सिनियर केयर, आरवन टेक आदि रहेका थिए ।
यस्तै, गायिका देविका बन्दानालाई विशेष सम्मान गरिएको थियो । साथै, मिस नेपाल वल्र्ड २०२४ अस्मा कुमारी केसी, मिस नेपाल अर्थ २०२४ सुमना केसी, मिस नेपाल इन्टरनेशनल २०२४ करुणा राउत र मिस नेपाल वल्र्ड २०२२ प्रियंका रानी जोशी लाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा। सिमित सापकोटा, वरिष्ठ सञ्चारकर्मी निर्णय श्रेष्ठ , समाज सेवी दिवाकर राजकर्णिकर लगायतको उपस्थिति थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-04
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
