
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लाखौं सङ्घीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ ।कार्यालयमा फर्कन नचाहने लगभग सबै सङ्घीय कर्मचारीहरूलाई बहिर्गमन प्याकेजको प्रस्ताव गरेको हो ।
ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लेविटले यदी कुनै कर्मचारीले अहिले नै राजीनामा दिन सहमत भए ती कर्मचारीहरुलाई सेप्टेम्बरसम्म अर्थात ८ महिनाको तलब भुक्तानी हुने जानकारी दिएकी छन् । यो कार्यक्रमबाट ५ प्रतिशतदेखि १० प्रतिशत सरकारी कर्मचारीले राजीनामा दिन सक्छन्, जसले करिब १०० अर्ब डलर बचत हुने अनुमान गरिएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनले उल्लेख गरेका अनुसार सेना, अमेरिकी पोष्टल सेवा, आप्रवासन नियन्त्रण र राष्ट्रिय सुरक्षासँग सम्बन्धित पदहरूबाहेक सबै पूर्णकालीन क्षेत्रका कर्मचारीका लागि यो अफर योग्य मानिएको छ । यो योजना मंगलबारदेखि सुरु भएर फेब्रुअरी ६ सम्म खुला हुने जनाइएको छ । यसका लागि कर्मचारीहरूलाई राजीनामा इमेलमार्फत दिन सक्ने व्यवस्था मिलाइएको छ ।
Sudina Shrestha
प्रकाशित: १६ माघ २०८१, बुधबार १६:५७
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
