काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लाखौं सङ्घीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ ।कार्यालयमा फर्कन नचाहने लगभग सबै सङ्घीय कर्मचारीहरूलाई बहिर्गमन प्याकेजको प्रस्ताव गरेको हो ।
ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लेविटले यदी कुनै कर्मचारीले अहिले नै राजीनामा दिन सहमत भए ती कर्मचारीहरुलाई सेप्टेम्बरसम्म अर्थात ८ महिनाको तलब भुक्तानी हुने जानकारी दिएकी छन् । यो कार्यक्रमबाट ५ प्रतिशतदेखि १० प्रतिशत सरकारी कर्मचारीले राजीनामा दिन सक्छन्, जसले करिब १०० अर्ब डलर बचत हुने अनुमान गरिएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनले उल्लेख गरेका अनुसार सेना, अमेरिकी पोष्टल सेवा, आप्रवासन नियन्त्रण र राष्ट्रिय सुरक्षासँग सम्बन्धित पदहरूबाहेक सबै पूर्णकालीन क्षेत्रका कर्मचारीका लागि यो अफर योग्य मानिएको छ । यो योजना मंगलबारदेखि सुरु भएर फेब्रुअरी ६ सम्म खुला हुने जनाइएको छ । यसका लागि कर्मचारीहरूलाई राजीनामा इमेलमार्फत दिन सक्ने व्यवस्था मिलाइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-29
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
