
काठमाडौं (एजेन्सी) । अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको करका नयाँ दर लागू भएको हो ।
अब अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५–२५ प्रतिशत कर लाग्नेछ । यस्तै चीनबाट आयात हुने सामानका १० प्रतिशत कर लाग्नेछ ।
क्यानडाबाट आयात हुने तेलमा भने नयाँ भन्सारदर फेब्रुअरी १८ तारिखबाट कार्यान्वयनमा आउने राष्ट्रपती ट्रम्पको प्रशासनले जनाएको छ । अमेरिकी प्रशोधन केन्द्रहरूमा ल्याउने झन्डै ४० प्रतिशत कच्चा तेल विदेशबाट आयातित हुने गर्छ र त्यसको ठूलो हिस्सा क्यानडाबाट आउँछ । चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन् ।
गएको वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा ४० प्रतिशत थियो । तथ्याङ्क अनुसार सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको छ । क्यानडा र मेक्सिकोले अमेरिकी आयात शुल्कको जवाफ दिने चेतावनी दिइसकेका छन् ।
क्यानडा र मेक्सिकोले तिर्नुपर्ने भन्सार शुल्क ती देशबाट गैरकानुनी रूपमा भित्रिएको फेन्टनिल औषधिको जवाफ भएको राष्ट्रपती ट्रम्पले बताएका छन् । फेन्टनिल औषधिका कारण अमेरिकामा दशौ लाखले ज्यान गुमाएका बताइन्छ ।
चुनावी अभियानका क्रमम ट्रम्पले चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका थिए । ट्रम्पले भविष्यमा युरोपेली संघ (ईयू) का लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताएका छन् ।
Sudina Shrestha
प्रकाशित: २० माघ २०८१, आईतवार ०९:१८
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
