काठमाडौं (एजेन्सी) । अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको करका नयाँ दर लागू भएको हो ।
अब अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५–२५ प्रतिशत कर लाग्नेछ । यस्तै चीनबाट आयात हुने सामानका १० प्रतिशत कर लाग्नेछ ।
क्यानडाबाट आयात हुने तेलमा भने नयाँ भन्सारदर फेब्रुअरी १८ तारिखबाट कार्यान्वयनमा आउने राष्ट्रपती ट्रम्पको प्रशासनले जनाएको छ । अमेरिकी प्रशोधन केन्द्रहरूमा ल्याउने झन्डै ४० प्रतिशत कच्चा तेल विदेशबाट आयातित हुने गर्छ र त्यसको ठूलो हिस्सा क्यानडाबाट आउँछ । चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन् ।
गएको वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा ४० प्रतिशत थियो । तथ्याङ्क अनुसार सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको छ । क्यानडा र मेक्सिकोले अमेरिकी आयात शुल्कको जवाफ दिने चेतावनी दिइसकेका छन् ।
क्यानडा र मेक्सिकोले तिर्नुपर्ने भन्सार शुल्क ती देशबाट गैरकानुनी रूपमा भित्रिएको फेन्टनिल औषधिको जवाफ भएको राष्ट्रपती ट्रम्पले बताएका छन् । फेन्टनिल औषधिका कारण अमेरिकामा दशौ लाखले ज्यान गुमाएका बताइन्छ ।
चुनावी अभियानका क्रमम ट्रम्पले चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका थिए । ट्रम्पले भविष्यमा युरोपेली संघ (ईयू) का लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
