
काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केवलकार निर्माण स्थगित भएको छ । पाथिभरास्थित माथिल्लो स्टेशनको निर्माण कार्य भइरहेको केवलकारको काम तत्कालका लागि स्थगित गर्न सरकार सहमत भएको हो ।
यस सहमतिसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार ६ बुँदे सहमति भएको हो । सहमति अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य हाललाई स्थगन हुनेछ ।
स्टेसनका सन्दर्भमा आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ । यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने छ ।

Sudina Shrestha
प्रकाशित: २३ माघ २०८१, बुधबार ०८:५८
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
