
अमेरिकाको वाशिङ्टन डिसीस्थित रिगन विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा ६७ जनाको मृत्यु भएको आशंका गरिएको छ । २८ जनाको शव निकालिएको छ ।
स्थानीय समयअनुसार बुधबार राती आकाशमै जेट र हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको हो । अमेरिकन एयरलाइन्सको जेट र सेनाको हेलिकोप्टर ठोक्किएपछि पोटोम्याक नदीमा खसेको थियो । विमान दुई टुक्रा भएर खसेको र हेलिकोप्टर उल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जन डनेलीले २८ जनाको शव निकालिएको र जीवित मानिसहरू फेला पर्ने सम्भावना नरहेको बताएका छन्। विमानमा चालकदलका सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन सैनिक थिए।
उच्च चिसोका कारण पनि नदीमा खोजीका लागि गोताखोर र उद्धारकर्मीहरूलाई कठिनाई भइरहेको छ क्यान्सस राज्यबाट उडेको उक्त जेट विमान अमेरिकाको राजधानीको मध्यभागमा रहेको रेगन विमानस्थलमा अवतरण गर्ने क्रममा हेलिकोप्टरसँग ठोक्किएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको अनुसन्धान थालिएको बताएका छन्।
Sudina Shrestha
प्रकाशित: १७ माघ २०८१, बिहीबार २३:२०
हे युवा तिमी हौ देशको शक्ति – जी.शाह

धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने
