अमेरिकाको वाशिङ्टन डिसीस्थित रिगन विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा ६७ जनाको मृत्यु भएको आशंका गरिएको छ । २८ जनाको शव निकालिएको छ ।
स्थानीय समयअनुसार बुधबार राती आकाशमै जेट र हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको हो । अमेरिकन एयरलाइन्सको जेट र सेनाको हेलिकोप्टर ठोक्किएपछि पोटोम्याक नदीमा खसेको थियो । विमान दुई टुक्रा भएर खसेको र हेलिकोप्टर उल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जन डनेलीले २८ जनाको शव निकालिएको र जीवित मानिसहरू फेला पर्ने सम्भावना नरहेको बताएका छन्। विमानमा चालकदलका सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन सैनिक थिए।
उच्च चिसोका कारण पनि नदीमा खोजीका लागि गोताखोर र उद्धारकर्मीहरूलाई कठिनाई भइरहेको छ क्यान्सस राज्यबाट उडेको उक्त जेट विमान अमेरिकाको राजधानीको मध्यभागमा रहेको रेगन विमानस्थलमा अवतरण गर्ने क्रममा हेलिकोप्टरसँग ठोक्किएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको अनुसन्धान थालिएको बताएका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
