
काठकाडौं । व्यवसायी वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन ७ को ताज जितेकी छन् । सिजन मिडियाले आयोजित प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे कुवरलेले ताज पहिरिएकी हुन् ।
बानेश्वरमा विभिन्न व्यवसायहरू गर्दै आएकी उनले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालिटीको उपाधिसमेत प्राप्त गरिन् । उनले रेफ्रिजेनेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामिकबाट २० हजारको गिफ्ट भौचर साथै अन्य उपहारहरू प्राप्त गरिन् ।
यस्तै करुणा वि.क फष्ट रनरअप भइन् । उनले मस्ट ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन् । उनले ३२ इन्चको टीभि, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर प्राप्त गरिन् ।
प्रतियोगितामा सेकेन्ड रनरअप रिन्जु कुसवहा भइन् । उनले फोटोजेनीकको पनि उपाधि जित्न सफल भइन् । थर्ड रनरअप सिवानी मित्र र चौथो रनरअप उर्मीला कनौजिया मगीया भइन् । अर्गनाइजर च्वाइसको उपाधि भने अन्जु क्षेत्रीले जितिन् ।
प्रतियोगिताका अन्य विधामा अनिता देवि साहले फ्रेन्डली उपाधि जितिन् । त्यस्तै, सविता पन्त इनोसेन्ट, कान्छीमाया खयमली क्रियटिभ, अम्विका गजमेर भियोर्स च्वाइस, भावना ऐडी ब्युटिफुल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले ब्युटिफुल अवार्ड पाएकी थिइन् ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले बिबाहित महिलाहरूको सौन्दर्य साथै आन्तरिक क्षमता, आत्मविश्वास साथै महिलाहरूको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरिन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ माघ २०८१, बुधबार ०९:२५
भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide

कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि
