
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गर्नुभएको छ । मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थको तस्करीलाई रोक्न विभिन्न उपाय अपनाउन सहमति जनाएपछि कर लगाउने प्रस्तावलाई एक महिना पछि धकेलिएको हो ।
मेक्सिको अवैध औषधिको ओसारपसार रोक्न सीमामा दश हजार सैनिक खटाउन तयार भएको छ भने क्यानडाले लागूऔषधको समस्यालाई सम्बोधन गर्न एक जना वरिष्ठ सार्वजनिक अधिकारी नियुक्त गर्ने बताएको छ । यस्तै मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले दक्षिणमा हतियार ओसारपसारलाई सीमित गर्न अमेरिकासमेतले प्रतिबद्धता जनाएको बताएको खबरमा उल्लेख छ ।
यसअघि ट्रम्पले युरोपेली सङ्घमाथिसमेत व्यापार शुल्क लगाउने चेतावनी दिएको थियो । तर बेलायतसँग एक सम्झौतामा काम गर्न सकिने सुझाव पछि उहाँ पछि हटाएको थियो । ट्रम्पले आयात कर लगाइनु पर्ने कयौँ कारणमध्ये सीमा सुरक्षा, अवैध औषधिको प्रवाह, व्यापार घाटालगायतलाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।
Sudina Shrestha
प्रकाशित: २२ माघ २०८१, मंगलवार ०९:३९
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ