काठमाडौं (एजेन्सी) । संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदले पहिलोपटक गाजामा युद्धविरामको माग गरेको छ । गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको हो । बीबीसीका अनुसार अमेरिकाले भने यस प्रस्तावमा भएको मतदानमा भाग लिएको छैन ।
चीनले हिजो गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको जानकारी गराएको थियो । यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए । यो प्रस्ताव तयार गर्न चीनलाई अल्जेरिया र अन्य अरब देशहरूले सघाएका खबरमा उल्लेख छ ।
गएको अक्टोबर ७ मा इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणपछि गाजामा इजरायली हमलामा अहिलेसम्म ३२ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घको युद्धविरामको प्रस्तावपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिकाको अडानमा परिवर्तन आएपछि यो निर्णय गरेको जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ चैत्र २०८०, मंगलवार ०८:२५
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ
नेता, भूमाफिया र दलालहरूले जनताको पसिना चुसेः प्रचण्ड
त्रिदेशीय महिला टी–२० शृङ्खलाः नेपालको लगातार चौथो हार