काठमाडौं (एजेन्सी) । चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
“चिनियाँ राष्ट्रपति सि जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नु हुनेछ र फोरममा भाग लिन आउनुभएका विदेशी नेता र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुहरूका लागि स्वागत भोजको आयोजना गर्नु हुनेछ”, चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भन्नुभयो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता हुने उक्त कार्यक्रममा आफू सहभागी हुने बताउनुभएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ उक्त कार्यक्रममा सहभागी हुने र आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग वार्ता गर्नुहुने रुसी विदेश मन्त्रालयले मङ्गलबार बताएको छ ।
“बेइजिङ आएर सहयोग योजनाहरूमा छलफल गर्न र साझा विकासको खोजी गर्न हामी बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी हुन आउने मुलुक र साझेदारहरूलाई स्वागत गर्दछौँ”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले गत महिना भन्नुभएको थियो ।
यो कार्यक्रममार्फत चीनले बेल्ट एन्ड रोड पूर्वाधार पहलको १०औँ वार्षिकोत्सव मनाउने छ । चीनले मङ्गलबार श्वेतपत्रमा उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको बताएको थियो ।
उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो । चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा एक सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ आश्विन २०८०, बुधबार १२:०५
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने