
काठमाडौँ, ‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज व्यवसायी वर्षा कुवरले जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई पछि पार्दे कुवरलेले ताज पहिरिएकी हुन् ।
वानेश्वरमा विभिन्न व्यवसायहरु गर्दै आएकी कुवरले मिसेज पपुलरका साथै सम्बन्ध मिसेस पर्सनालीटीको उपाधी पनि जितन सफल भएकी छिन । उनले रेफ्रिजेनेटर, लेटमिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर र डम डाइनामीक वाट २० हजारको गिफ्ट भौचर साथै अन्य उपहारहरु प्राप्त गरिन् ।
यस्तै करुणा वि.क फष्ट रनरअप भइन् । उनले मिसेस ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भएकी छिन । उनले ३२ इन्चको टिभि, लेटमिइनको तर्फवाट ३० हजारको गिफ्ट भौचर र अन्य उपहारहरु प्राप्त गरिन् ।
यसैगरी प्रतियोगितामा सेकेन्ड रनरअप रिन्जु कुसवहा भइन् । उनले फोटोजेनीकको उपाधी पनि जित्न सफल भइन । थर्ड रनरअप सिवानी मित्र र चौथो रनरअप उर्मीला कनौजिया मगीया भइन । अर्गनाइजर च्वाइसको उपाधी भने अन्जु क्षेत्रीले जित्न सफल भइन् ।

प्रतियोगिताका अन्य विधामा अनिता देवि साहले फेन्ड्ली उपाधी जित्नुभयो । त्यस्तै, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्विका गजमेर भियोस च्वाइस, भावना ऐडी व्यूटीफूल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले व्यूटीफूल अवार्ड पाएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि माननीय उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले बिबाहितमहिलाहरुको सौन्दर्य साथै आन्तरिक क्षमता,आत्मविश्वास साथै महिलाहरुको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गर्नु भयो । यस्तो कार्यक्रमहरुसँग महिलाहरुलाई घरको चुला चौकोवाट हातेमालो गर्दै अझ सशक्त रुपमा महिलाहरुलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उहाँले बताउनु भयो ।
उक्त कार्यक्रममा निर्णायक मण्डलमा मुख्य निर्णायकको भुमीकामा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डां विनिता राज, जुम्बा प्रशिक्षक तथा मोडल सोनाम केसी, नेपाल एयरहोस्टेस एकेडेमीका प्रशिक्षक इश्वरा पछाई, एसोसिएट कन्सल्टेन्ट एमडी, साइकियाट्री डा. ऋचा अमात्य ,व्यवसायी सुनिता अधिकार, कान्तिपुर टिभीकी उपसम्पादक तथा टिभी प्रस्तोता रुबिना थापा, गायिका मोडल तथा सामाजिक अभियन्ता रेखा शाह रहनुभएको मिडियाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन ।

Sudina Shrestha
प्रकाशित: २३ माघ २०८१, बुधबार १७:१०
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
