काठमाडौं । पहिलोपटक एसिया कप क्रिकेट खेलेर स्वदेश फर्केका नेपाली राष्ट्रिय टोलीलाई भव्य स्वागत भएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा समूह चरणबाटै घर फर्केको नेपाली टेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
खेलाडीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित क्रिकेट समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूलाई बाजागाजासहित दोसल्ला र माला लगाएर स्वागत गरिएको थियो । क्रिकेट समर्थकहरू आफ्ना प्रिय खेलाडीसँग तस्बिर खिचाउन तछाड मछाड गर्दै गरेको देखिएको थियो ।
प्रतियोगितामा नेपालले पहिलो खेल मुल्तानमा एकदिवसीय क्रिकेटको शीर्ष टोली पाकिस्तानसँग खेलेको थियो भने दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा भारतसँग खेलेको थियो । दुवै खेलमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिनपुगेको थियो । तर पनि समूह चरणमा भारत र पाकिस्तानविरुद्ध नेपालले निडर र साहसिक प्रदर्शन गरेको भन्दै प्रशंसा भइरहेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० भाद्र २०८०, बुधबार १४:५५
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि
अमेरिकी डलरको भाउमा नयाँ कीर्तिमान, आजको विनिमय दर यस्तो छ
हप्तामा दुई दिन खुला भेटघाट गर्न, नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई कांग्रेसको निर्देशन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया