काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिदेशीय महिला टी–२० आई सिरिज सुरू हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने सिरिजको पहिलो खेल नेपाल र नेदरल्याण्ड्सबिच हुनेछ । उक्त खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।
नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् । नेपाल र नेदरल्याण्ड्सबीच महिला क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् ।
नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ । फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-30
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
