
काठमाण्डौ । दक्षिण अफ्रिकालाई हराउँदै भारतले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो ।
दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । भारतकी गोन्गादी तृषाले नटआउट ४४ रन बनाइन् । दक्षिण अफ्रिकाकी क्याला रेनेकेले १ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रन बनाउँदा अलआउट भयो । दक्षिण अफ्रिकाकी मिक भान वूस्र्टले सबैभन्दा धेरै २३ रन बनाइन् । भारतकी गोन्गदी तृषाले ३ विकेट लिइन् ।
भारतले लगातार दोस्रो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपको उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै भारत विजेता बनेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० माघ २०८१, आईतवार १८:१६
बसन्तपुर दरबार स्क्वायरमा मल्लकालीन “नौं तल्ले दरबार” सार्वजनिक अवलोकनका लागि खुला

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

बिकास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल

नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

कोभिडका कारण भारतमा दुईको मृत्यु
