सभापति कप फुटबल प्रतियोगिताको उपाधि संकटा फुटबल क्लबले जितेको छ।
बिहीबार दशरथ रंशगालामा भएको फाइनल भिडन्तमा संकटाले आयोजक टोली नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटाले च्याम्पियन बनेको हो।
संकटाले आयोजक टोलीमाथि पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गरे।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
खेलमा आयोजकका कप्तान तथा गोलकिपर विकेश कुथुले संकटाका सुरुवाती दुई पेनाल्टी विफल पारिदिएक थिए। तर त्यसपछि संकटाका कप्तान दीप कार्कीले पनि पछिल्ला पेनाल्टी रोकिदिए।संकटाका लागि दीप कार्की, लक्षु थापा, साम कार्लोस र सुनिल खड्काले गोल गरेका थिए। दीप ले बागमतीका कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार विफल पारे। बागमतीका रजत तिवारीको प्रहार आउट भएको थियो।
त्यसअघि विकेशले संकटा राम थापा र रोशन पहारीको प्रहार विफल पारे। आयोजकका लागि सन्तोष कार्की, राम थापा र रोशन पहारीले गोल गरे।प्रतियोगिताको विजेताले संकटाले नगद २६ लाख तथा उपविजेता आयोजकले १३ लाख रुपैयाँ पुरस्कार पाएका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
