
काठमाण्डौ । एन्फा महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ४–० गोलले हराउँदै उपाधि जितेको हो ।
एपीएफको जीतमा सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १र१ गोल गरे । एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेको पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
एपीएफले अपराजित रहँदै उपाधि जितेको हो । महिला लिगमा शुरूमा १० वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउन्डपछि शीर्ष ५ टोली सुपर लिगमा प्रवेश गरेका थिए ।
एपीएफ शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो । पाँचौं भएको स्याङ्जाको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष ४ टोली प्लेअफ पुगेका थिए ।
Sudina Shrestha
प्रकाशित: १६ माघ २०८१, बुधबार १६:३०
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
