
काठमाडौँ । एउटै स्टेजमा एकसाथ ४ विजेता घोषित भएका छन् । छैटौँ ‘नेशनल किड्स अफ दि इयर २०२४’ मा सिनियर र जुनियर गरेर एकसाथ ४ विजेता घोषित गरिएका हुन् ।
बिहिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगीतामा सिनियर केटी तर्फ क्यारिङ दोङ विजेता बन्दा केटा तर्फ उत्सर्ग भट्टराई विजेता बने । त्यस्तै, जुनियर क्याटवरीमा केटीतर्फ प्रान्भी आचार्यले शिर्ष उपाधि चुम्दा कोटा तर्फ प्रणय मानन्धर विजेता घोषित भए ।
शिर्ष विजेता ४ जानाले नै थाइल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता इन्टरनेशनल किड्समा सहभागी हुनेछन् । विजेता सबैले बिभिन्न गिफ्ट ह्याम्परको अलवा होलिडे ट्रिट नेपालको तर्फबाट २५–२५ हजार बराबरको अन्तराष्ट्रिय हवाई टिकट सहुलियत समेत प्राप्त गरेका छन् ।
प्रतियोगीतामा सिनियर क्याटवरीमा केटातर्फ निशान उलक फष्ट रनरअप र आरोग्य श्रेष्ठ सेकेन्ड रनरअप छाँनिदा केटीतर्फ परिसा सिटौला फष्ट रहनअप र इक्सिता तन्डुकार सेकेन्ड रहनरअप भए । जुनियर क्याटवरीमा केटीतर्फ साइना थापा फष्ट रनरअप, आयुजा चौधरी सेकेन्ड रनरअप हुँदा केटातर्फ अविग्न डंगोल फष्ट रनरअप र ड्यारियन कुवँर सेकेन्ड रनरअप भए ।
उपत्यकाको ४५ बढी स्कुलका ६० प्रतियोगीले फाइनल स्पर्धा गरेको प्रतियोगीताको सोफिया महर्जन कार्की पब्लिक स्पिज, स्वस्तिका राजभण्डारीले पुर्सनल डेभबलमेन्ट, अशान्त शर्मा अभिनय, लीजा श्रेष्ठले नृत्य प्रशिक्षक रहेका थिए । लीजा श्रेष्ठ आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको एमडी हुन् ।
बच्चाहरूलाई नेपाली कल्चरको जानकारीसहित उनीहरूको प्रतिभा निखार्दै भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्था इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका प्रमुख धिरज तन्डुकारले बताए ।
Sudina Shrestha
प्रकाशित: २० आश्विन २०८१, आईतवार १०:३३
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
