काठमाडौँ । माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’ मा दयाहाङ राई अनुबन्धित भएका छन् । यसअघि गुरुङको डेव्यु निर्देशनमा बनेको ‘दयारानी’ मा दयाहाङले प्रमुख भूमिका निभाएका थिए ।
दोस्रो सहकार्य अझै परिस्कृत ढंगले अगाडि बढाउनुका साथै यस फिल्मको कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने गुरुङले बताएका छन् ।
माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । दयाहाङबाहेक फिल्मका अन्य कलाकार चाडै सार्बजनिक गरिने बताइएको छ । सिनेमाको सम्पूर्ण छायांकन कास्कीको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ ।
निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो । गुरुङ कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
