काठमाडौं । चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । ‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नेछन् ।
बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन ।
टेलिचलचित्रबाट मरिचमानले सेतो पर्दामा उक्लिन लागेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए । उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् । मरिचमान आफैँ भने आफूले निर्देशन गर्ने चलचित्रमा अभिनय गर्नेछन् वा छैनन् केही खुलाएका छैनन् ।
यस मुख्य चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ रहेकाछन् भने सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) पनि छन् । सीतादेवी हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन् । पुजन ‘हल्का रमाइलो’ सिरियलकी कलाकार हुन् । यद्यफि यसबारे निर्माणपक्षले केही बताएको छैन ।
“हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौँ । अहिलेलाई हामीले टाइटल एनाउन्स गर्दै रिलिज डेट लक मात्रै गरेका हौँ,” निर्देशक मरिचमानले भने, “हाम्रो चलचित्रको कथा के हो पनि हामी आगामी दिनमा खोल्दै जाने नै छौँ । तर, जनरा भने नामबाटै प्रष्ट भइसकेको छ, हामी हसाउन आउने हो । कमेडीको जगमा गोबर गणेश आउनेछ ।”
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
