काठमाडौँ । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनिस क्लब रियल म्याड्रिडको स्टेडियम सान्टियागो बर्नाबेउको अवलोकन भ्रमण गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।
संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली हाल स्पेनको म्याड्रिडमा रहेका छन् ।
प्रधानमन्त्री ओली आजै राती १०:४५ बजे नेपाल फर्किने क्रममा दोहाको लागि प्रस्थान गर्ने र असार २० गते दिउसो काठमाडौंमा अवतरण गर्ने कार्य तालिका रहेको छ ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
