काठमाडौँ । बलिउड सुपरस्टार दीपिका पादुकोणलाई हलिउडको प्रतिष्ठित ‘वाक अफ फेम’ सूचीमा समावेश गरिएको छ । दीपिका यो सम्मान पाउने अहिलेसम्मकी पहिलो भारतीय अभिनेत्री बनेकी छन् ।
२०२६ को लागि घोषणा गरिएको ‘हलिउड वाक अफ फेम’ को सूचीमा, दीपिका फिल्मको श्रेणीमा छनोट भएका ३५ दिग्गजहरूमा परेकी हुन् । यस प्रतिष्ठित सूचीमा दिपीकासँगै हलिउड सुपरस्टार एमिली ब्लन्ट, टिमोथी चालमेट, क्रिस कोलम्बस, मारियन कोटिलार्ड, किथ डेभिड, रामी मलेक,
राहेल म्याकएडम्स, डेमी मूर, फ्रान्को नेरो, मल्ली रिंगवाल्ड स्टेनली टुची, कार्लो रम्बोल्डी र टोनी स्कट रहेका छन् ।
दीपिका पादुकोणले आलिया भट्ट, रश्मिका मन्दाना र कियारा आडवाणी जस्ता नयाँ पुस्ताका अभिनेत्रीहरूलाई मात्र पछाडि पारेकी छैनन्, तर प्रियंका चोपडा जस्ता विश्वव्यापी रूपमा स्थापित स्टारहरूलाई पछि पारेकी छन् ।
दीपिकाले आफूलाई बलिउडमा मात्र सीमित राखिनन्। उनले ‘ट्रिपल एक्स: रिटर्न अफ जेन्डर केज’ जस्तो फिल्मबाट हलिउडमा प्रवेश गरिन् र त्यहाँ पनि आफ्नो अभिनय क्षमता प्रमाणित गरिन् । अब वाक अफ फेमको हिस्सा बनेर उनले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएकी छिन् ।
२०१८ मा, टाइम पत्रिकाले दीपिकालाई विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूमा समावेश गरेको थियो । यसपछि, उनले टाइम १०० इम्प्याक्ट अवार्ड र फिफा विश्वकप २०२२ को फाइनलमा ट्रफी अनावरण गर्ने अवसर प्राप्त गरेकी थिइन् ।
दीपिकालाई अन्तर्राष्ट्रिय फेसन ब्रान्डहरूले पनि प्रशंसा गरेका छन् । उनी लुइस भिटन र कार्टियर जस्ता लक्जरी ब्रान्डहरूको अनुहार बनेकी छिन् । दीपिकासँग हाल एटलीद्वारा निर्देशित फिल्म सहित धेरै ठूला बलिउड परियोजनाहरू छन् । यस बाहेक, उनी आफ्नो निर्माण कम्पनी मार्फत नयाँ परियोजनाहरूमा पनि काम गरिरहेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
