काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर डियोगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ ।
स्पेनी समाचार एजेन्सी इएफएका अनुसार २८ वर्षीय जोटाको उत्तरपश्चिमी स्पेनको जामोरा नजिकै भएको दुर्घटनामा मृत्यु भएको हो ।
रिपोर्टका अनुसार दुर्घटनामा उनका भाइ आन्द्रेको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १२: ४० बजे भएको थियो, जब उनीहरु चढेको कार सडकमा दुर्घटनाग्रस्त भयो र आगो लाग्यो । जोटाले विवाह गरेको १० दिनपछि मात्र दुर्घटनामा मृत्यु भएको छ ।
उनी व्यावसायिक रुपमा लिभरपुलबाटखेलिरहेका थिए । जोटाले सेप्टेम्बर २०२० मा वोल्भरह्याम्प्टन वान्डरर्सबाट लिभरपुलमा आवद्ध भएका थिए । उनले लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गरेका थिए ।
उनका भाइ, २६ वर्षीय आन्द्रे पनि फुटबलर नै थिए । उनले पोर्चुगिज दोस्रो डिभिजन क्लब पेनाफिलबाट खेलिरहेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
