
काठमाडौँ । गायिका एलिना चौहानले आफुविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज र अभद्र टिप्पणी गर्नेविरुद्ध साइबर ब्यूरोमा उजुरी गरेकी छन् । गायिका चौहानले यस अघि सामाजिक सञ्जालमै गालि गलौज र अभद्र टिप्पणी गर्नेहौर्को नाम आफ्नो सामाजिक सञ्जालमै सार्बजनिक गर्ने गरेकी भएपनि अब साइबर ब्यूरोमा मुद्धा दायर गरेर कानुनी कारवाही अगाडी बढाएकी छन् ।
उनले यो लडाई आफ्नो मात्र नभएको बताउदै चरित्र हत्या गर्ने अधिकार कसैलाई नभएको बताएकी छन् । साथै एलीनाले गालि गलौज र अभद्र टिप्पणीका कमेन्ट नरोकिएसम्म आफ्नो पोस्ट नरोकिने समेत बताएकी छन् ।
सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेविरुद्ध नाम सार्बजनिक गर्ने अभियान अहिले दुई गायिका समिक्षा अधिकारी र एलीना चौहानले जारी राखेका छन् । यो अभियान चलाइरहेका दुवै गायिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गर्दै ुसाहसी छोरीु को संज्ञा दिएका थिए ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार ०९:०१
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
