काठमाडौँ । गायिका एलिना चौहानले आफुविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज र अभद्र टिप्पणी गर्नेविरुद्ध साइबर ब्यूरोमा उजुरी गरेकी छन् । गायिका चौहानले यस अघि सामाजिक सञ्जालमै गालि गलौज र अभद्र टिप्पणी गर्नेहौर्को नाम आफ्नो सामाजिक सञ्जालमै सार्बजनिक गर्ने गरेकी भएपनि अब साइबर ब्यूरोमा मुद्धा दायर गरेर कानुनी कारवाही अगाडी बढाएकी छन् ।
उनले यो लडाई आफ्नो मात्र नभएको बताउदै चरित्र हत्या गर्ने अधिकार कसैलाई नभएको बताएकी छन् । साथै एलीनाले गालि गलौज र अभद्र टिप्पणीका कमेन्ट नरोकिएसम्म आफ्नो पोस्ट नरोकिने समेत बताएकी छन् ।
सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेविरुद्ध नाम सार्बजनिक गर्ने अभियान अहिले दुई गायिका समिक्षा अधिकारी र एलीना चौहानले जारी राखेका छन् । यो अभियान चलाइरहेका दुवै गायिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गर्दै ुसाहसी छोरीु को संज्ञा दिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
