काठमाडौँ । बलिवुड अभिनेता सुनील शेट्टीले फिल्म हेरा फेरी- ३ मा परेश रावलको पुनरागमनको बारेमा टिप्पणी गर्दै फाइन ट्युनिङ गरिएको बताएका छन् ।
एक अन्तर्वार्तामा सुनीलले खुशी व्यक्त गर्दै फाइन ट्युनिङ भएको बताए । उनले यो बलिवुडको एउटा यस्तो फिल्म हो, जुन हेर्न शुरु गरेपछि कुनै तनाव लिनु पर्दैन भन्दै फिल्मको रिलिज बारे भने कुरा गर्न अस्वीकार गरे । उनले अब यस फिल्मको बारेमा सिधै रिलिजको समयमा कुरा गर्ने बताए ।
परेश रावलले फिल्म छोडेपछि सुनिलले कडा प्रतिक्रिया दिदै उनी बिना योफिल्म बन्ने नसक्ने बताएका थिए ।
गत मे महिनामा, परेश रावलले पहिलो पटक यस फिल्मलाई छोड्ने घोषणा गरेका थिए । यो खबरबाट फ्यानहरू निराश भएका थिए, तर हालै परेश रावलले हेरा फेरी ३ को विवाद समाप्त गर्दै फिल्ममा आफ्नो पुनरागमनको पुष्टि गरेका छन् ।
सुनिल शेट्टी, परेश रावल र अक्षयकुमारको प्रमुख भूमिका रहने यो फिल्मको २०२६ को बिचमा शुटिंग सकेर २०२७ को शुरुमा रिलिज हुने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
