काठमाडौं । गायिका एलीना चौहानलाई सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई विहिबार पक्राउ गरेको हो । ब्युरोले ललितपुरका गुञ्जनलाई गायिका एलीनाको जाहेरीको आधारमा पक्राउ गरेको जानकारी दिएको छ ।
गुञ्जन नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए । एलीनाले सामाजिक सञ्जालमा आफूविरुद्ध अभद्र टिप्पणीहरुलाई सार्बजनिक गर्ने अभियान अन्तर्गत गुञ्जनको प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।
गायिका एलीनाले अभियान सँगसँगै केहि दिनअघि साइबर ब्युरोमा गएर कानुनी प्रक्रिया पनि शुरु गरेकी थिइन् । साथै उनले गृहमन्त्री रमेश लेखकलाई भेटेर समेत आफुहरुविरुद्ध सामाजिक सञ्जालमा हुने अभद्र टिप्पणी र आफुहरुले चलाएको अभियान बारे जानकारी गराएकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
