
काठमाडौं । गायिका एलीना चौहानलाई सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई विहिबार पक्राउ गरेको हो । ब्युरोले ललितपुरका गुञ्जनलाई गायिका एलीनाको जाहेरीको आधारमा पक्राउ गरेको जानकारी दिएको छ ।
गुञ्जन नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए । एलीनाले सामाजिक सञ्जालमा आफूविरुद्ध अभद्र टिप्पणीहरुलाई सार्बजनिक गर्ने अभियान अन्तर्गत गुञ्जनको प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।
गायिका एलीनाले अभियान सँगसँगै केहि दिनअघि साइबर ब्युरोमा गएर कानुनी प्रक्रिया पनि शुरु गरेकी थिइन् । साथै उनले गृहमन्त्री रमेश लेखकलाई भेटेर समेत आफुहरुविरुद्ध सामाजिक सञ्जालमा हुने अभद्र टिप्पणी र आफुहरुले चलाएको अभियान बारे जानकारी गराएकी थिइन् ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १५:४४
Three killed, 13 injured in Bajura jeep accident

कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्ने

जलवायु परिवर्तनको असर बारे अन्तर्राष्ट्रिय न्याय अदालतको ऐतिहासिक फैसला

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बैठक बहिष्कार

फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा

एमालेमा पुर्वराष्ट्रपतिलाई लगाइएको रोक प्रथम दृष्टिमै वदर योग्य- महासचिव गुरुङ
