
काठमाडौं । ‘इन्टेरियर डिजाइनर’हरुको छाता संगठन ‘आइडिया नेपाल’द्वारा आयोजित ‘आइडिया एक्सिलेन्स अवार्ड–२०२४’मा सैलिशा शाक्यले शीर्ष अवार्ड जितेकी छन् ।
काठमाडौंमा शुक्रबार सम्पन्न कार्यक्रममा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनकी ‘एकेडेमिक हेड’ सैलिशाले ‘आइडिया एक्सिलेन्स अवार्ड–२०२४’ पाउन सफल भएकी हुन् । कार्यक्रममा विभिन्न इन्टेरियर डिजाइरबीच प्रतिस्पर्धा भएको थियो ।
इन्टेरियर डिजाइनरहरुको उक्त कार्यक्रममा डिजाइनरतर्फ भने विश्वत्तम श्रेष्ठले अवार्ड पाए । उनले ‘डिजाइनर अफ द इअर’को उपाधि हासिल गरेका हुन् । ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा इन्टेनियर डिजानिङतर्फ १२ वटा विधामा अवार्ड दिइएको थियो ।
काठमाडौंको बागबजार, कमलादीस्थित हेरिटेजप्लाजा र ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनले फेसन डिजानिङ र इन्टेरियर डिजाइजिङको अध्यापन गराउँदै आएको छ । आइआइएफटीबाट उत्पादित सयौँ विद्यार्थीले काठमाडौंलगायत देशका विभिन्न स्थानमा बुटिक तथा क्लोथिङ स्टोर सञ्चालन गरेर आत्मनिर्भर भएका छन् ।
Sudina Shrestha
प्रकाशित: ३० भाद्र २०८१, आईतवार १८:३८
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
