
काठमाण्डौ । डिशहोमको मनोरञ्चन च्यानल रमाइलो टिभीमा बहुप्रशंसित टेलिभिजन शृङ्खला ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक शृङ्खला असार १९ गतेदेखि हरेक बिहीवार र शुक्रवार बेलुका ८ बजे प्रसारण हुने छ ।
‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन शृङ्खला हो, यसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो शृङ्खला पहिलो पटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेशनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत यस शृङ्खलाको सङ्गीत रविन्द्र जैनले संयोजन गरेका थिए ।
‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक सङ्ख्या प्राप्त गर्दै इतिहास रचेको थियो । बीबीसीका अनुसार ‘रामायण’ ६५ करोडभन्दा धेरै दर्शकले हेरेका शृङ्खला हो । यस शृङ्खलाको पुनः प्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलमा पनि भएको थियो ।
‘रामायण’ ले सन् २०२० मा कोभिड–१९ महामारीको लकडाउनको समयमा पुनः प्रसारण हुँदा एकैदिन ७।७ करोड दर्शक सङ्ख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।
अहिले रमाइलो टिभी डिशहोमका ग्राहकहरूले मात्र यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा हेर्न पाउने छन् । डिशहोमले ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू प्रसारण गर्ने गरेको छ ।
Sudina Shrestha
प्रकाशित: १९ असार २०८२, बिहीबार ०९:०७
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
