काठमाण्डौ । डिशहोमको मनोरञ्चन च्यानल रमाइलो टिभीमा बहुप्रशंसित टेलिभिजन शृङ्खला ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक शृङ्खला असार १९ गतेदेखि हरेक बिहीवार र शुक्रवार बेलुका ८ बजे प्रसारण हुने छ ।
‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन शृङ्खला हो, यसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो शृङ्खला पहिलो पटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेशनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत यस शृङ्खलाको सङ्गीत रविन्द्र जैनले संयोजन गरेका थिए ।
‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक सङ्ख्या प्राप्त गर्दै इतिहास रचेको थियो । बीबीसीका अनुसार ‘रामायण’ ६५ करोडभन्दा धेरै दर्शकले हेरेका शृङ्खला हो । यस शृङ्खलाको पुनः प्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलमा पनि भएको थियो ।
‘रामायण’ ले सन् २०२० मा कोभिड–१९ महामारीको लकडाउनको समयमा पुनः प्रसारण हुँदा एकैदिन ७।७ करोड दर्शक सङ्ख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।
अहिले रमाइलो टिभी डिशहोमका ग्राहकहरूले मात्र यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा हेर्न पाउने छन् । डिशहोमले ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू प्रसारण गर्ने गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
