
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राख्नु भएको प्रश्नहरुको उत्तर दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणाली अन्तर्गत निर्माण भएको जानकारी दिएका हुन् । उनले बजेट कर्मकाण्डीका रुपमा नभइ तथ्यपरक रुपमा आएको र संसदले पारित गरेपछि कार्यान्वयनमा जाने बताए ।
अर्थमन्त्री पौडेलले ऋणको दायरा असिमित नहोस् भनेर सरकार सचेत रहेको, उत्पादन र पूँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने बताए । करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिमा आवद्धता, राजस्व प्रशासनलाई प्रभावकारी लगायतका कार्य गरी राजस्वको लक्ष्य हासिल गर्ने अर्थमन्त्रीको भनाइ छ ।
नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनु पर्ने, सम्पत्ति शुद्धिकरणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले विलासिता करमा थ्रेस होल्ड हटाइएको, सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरुको गुनासोबारे छलफलमा रहेको र छलफलबाटै साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले बजेट निर्माण प्रकृयामा सांसदहरुले दिएका सुझावहरुलाई पनि ख्याल गरिएको बताए ।
pratikshya
प्रकाशित: १८ असार २०८२, बुधबार १५:५६
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
