
वासिंगटन । संयुक्त राज्य अमेरिकाका शीर्ष सरकारी चिकित्सकले शुक्रबार मदिराजन्य पेय पदार्थले क्यान्सर निम्त्याउँछ भनेर प्रकाश पार्न स्वास्थ्य चेतावनीका लागि आह्वान गरेका छन् । साथै, उनले जोखिमका कारण दैनिक सेवनको सीमा पुनर्मूल्याँकन गर्न आग्रह गरेका छन् ।
सर्जन जनरल विवेक मूर्तिले मदिरा र क्यान्सरबीचको सम्बन्ध सन् १९८० को दशकदेखि नै ज्ञात रहेको र थप प्रमाणहरूले खतराको पुष्टि गरिरहेको बताउनुभयो । तैपनि अनिवार्य चेतावनी लेबलहरूले स्वास्थ्य खतरालाई सम्बोधन गर्न सकेका छैनन् ।
‘मदिरा क्यान्सरको एक सुस्थापित, रोकथाम योग्य कारण हो, संयुक्त राज्य अमेरिकामा वार्षिक रूपमा लगभग एक लाख क्यान्सरका घटना र २० हजार क्यान्सर मृत्युका लागि जिम्मेवार छ’, मूर्तिले विज्ञप्तिमा भनेका छन्, ‘यो संख्या प्रत्येक वर्ष लगभग १३ हजार पाँच सय मदिराजन्य ट्राफिक मृत्युहरू भन्दा बढी छ ।’
‘अझै पनि अधिकांश अमेरिकी यस जोखिमबारे अनभिज्ञ छन’, उनले सार्वजनिक शिक्षाको तत्काल आवश्यकतामा जोड दिँदै भने । सन् १९८८ मा प्रस्तुत गरिएको विद्यमान चेतावनी लेबलमा ‘जन्मजात विकृतिको जोखिमका कारण गर्भवतीहरूले मदिराजन्य पेय पदार्थ सेवन गर्नु हुँदैन’ र ‘मादक पेय पदार्थको सेवनले कार चलाउने वा मेसिनरी सञ्चालन गर्ने क्षमतालाई बिगार्छ र स्वास्थ्य समस्या निम्त्याउन सक्छ’ भनेर मात्र उल्लेख छ ।
दक्षिण कोरिया र आयरल्यान्ड लगायत अन्य देशहरूले गरेजस्तै मूर्तिले अहिले राम्रोसँग स्थापित क्यान्सर जोखिमलाई प्रतिबिम्बित गर्न यी लेबलहरूलाई आधुनिकीकरण गर्न कंग्रेसलाई आह्वान गरे ।
मदिरा सेवनले कम्तीमा सात प्रकारका क्यान्सरको जोखिम बढाउँछ । यसमा स्तन, कोलोरेक्टल, कलेजो, मुख, घाँटी, भोजननली र स्वरयन्त्रको क्यान्सर समावेश छन् । स्तन क्यान्सरका मात्र १६.४ प्रतिशत घटनाको कारण मदिरा हो । तर सार्वजनिक जागरूकता निकै पछि छ ।
सन् २०१९ को एक सर्वेक्षणले ४५ प्रतिशत अमेरिकीले मात्र मदिरालाई क्यान्सरको जोखिम कारकको रूपमा पहिचान गरेको पाइएको थियो । जबकि विकिरण सम्पर्कका लागि ९१ प्रतिशत, सुर्तीजन्य पदार्थको प्रयोगका लागि ८९ प्रतिशत, एस्बेस्टस सम्पर्कका लागि ८१ प्रतिशत र मोटोपनाका लागि ५३ प्रतिशतले पहिचान गरेका थिए ।
्मदिराले चार प्रमुख तरिकाबाट क्यान्सरमा योगदान पु¥याउँछ । यसले अक्सीडेटिभ तनाव उत्पन्न गर्छ, जसले डिएनए, प्रोटिन र कोषिकाहरूलाई नोक्सान पु¥याउँछ; यसले इस्ट्रोजेन लगायत हर्मोन स्तरलाई बिगार्छ, जसले स्तन क्यान्सरको जोखिम बढाउँछ; र यसले सुर्तीजन्य पदार्थबाट लगायत कार्सिनोजेनको अवशोषण बढाउँछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ पुष २०८१, बुधबार १८:१०
राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे
