धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको संसदीय दलका नेता धनश्याम चौधरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र पठाएका हुन् । पत्रमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराइएको छ ।
विहिबार मुख्यमन्त्री कमलवहादुर शाहले नाउपाबाट मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको हो ।
नाउपाले समर्थन फिर्ता लिए पनि सरकारलाई भने कुनै असर गर्दैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
