
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको संसदीय दलका नेता धनश्याम चौधरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र पठाएका हुन् । पत्रमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराइएको छ ।
विहिबार मुख्यमन्त्री कमलवहादुर शाहले नाउपाबाट मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको हो ।
नाउपाले समर्थन फिर्ता लिए पनि सरकारलाई भने कुनै असर गर्दैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन् ।
Sudina Shrestha
प्रकाशित: २० असार २०८२, शुक्रबार १४:५६
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
