काठमाडौँ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) र राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) ले आफ्नो अध्ययनमा हृदयघातका कारण हुने अचानक मृत्युको कोभिड खोपसँग कुनै प्रत्यक्ष सम्बन्ध नरहेको बताएका छन् ।
यो अध्ययन १८ देखि ४५ वर्ष उमेर समूहका मानिसहरूको अचानक मृत्युमा आधारित रहेको दुवै संस्थाले बताएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले पनि यो अध्ययन बारे जानकारी दिएको छ । अध्ययनमा भारतको कोभिड खोप सुरक्षित र प्रभावकारी रहेको र यसबाट हुने गम्भीर साइड इफेक्टका घटनाहरू दुर्लभ रहेको उल्लेख गरिएको छ ।
अध्ययनमा अचानक मृत्युका अन्य कारणहरू पनि सक्ने भन्दै यसमा आनुवंशिकी, जीवनशैली, पहिलेदेखि नै रहेको रोग र कोभिड पछिको जटिलताहरू रहेको उल्लेख छ ।
भारतमा दुई कोभिड खोपहरू विकास गरिएका थिए । भारत बायोटेकले आइसीएमआरसँगको सहकार्यमा कोभ्याक्सिन उत्पादन गरेको थियो । त्यस्तै, सेरम इन्स्टिच्युट अफ इन्डियाले ब्रिटिश कम्पनी एस्ट्राजेनेकाको सूत्रबाट कोभिशिल्ड बनाएको थियो ।
आइसीएमआर र एनसीडिसीले अचानक मृत्युको कारण बुझ्न सँगै काम गरिरहेको बताएका छन् । यसका लागि दुई अनुसन्धान अध्ययनहरू सञ्चालन भइरहेको, जसमा पहिलो विगतको तथ्याङ्कमा आधारित र दोस्रो वास्तविक समयको अनुसन्धानसँग सम्बन्धित रहेको बताइएको छ।
आइसीएमआरको राष्ट्रिय महामारी विज्ञान संस्थान (एनआइइ) ले मे, २०२३ देखि अगस्ट, २०२३ सम्म १९ राज्य र केन्द्र शासित प्रदेशहरूका ४७ अस्पतालहरूमा अध्ययन गरेको थियो ।
यसले अक्टोबर, २०२१ र मार्च, २०२३ बीचमा स्वस्थ देखिने तर अचानक मृत्यु भएका व्यक्तिहरूको तथ्याङ्क हेरेको थियो । नतिजाहरूले कोभिड खोपले अचानक मृत्युको जोखिम नबढाएको देखिएको थियो ।
त्यस्तै दोस्रो अध्ययन आनुवंशिक उत्परिवर्तन धेरैजसो मृत्युको कारण बारे थियो । यो अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) र आइसीएमआरको सहयोगमा गरिएको थियो । यसको उद्देश्य युवा वयस्कहरूको अचानक मृत्युको कारणहरू पत्ता लगाउनु हो । अध्ययनको प्रारम्भिक तथ्याङ्कले हृदयघात वा मायोकार्डियल इन्फेक्शन (एमआई) यस उमेरमा अचानक मृत्युको प्रमुख कारण भएको देखिएको छ ।
वर्षौंदेखि अचानक मृत्युको कारणहरूको ढाँचामा कुनै ठूलो परिवर्तन भएको छैन । धेरैजसो मृत्यु आनुवंशिक उत्परिवर्तनका कारणले हुन्छन् । यो अध्ययन अझै जारी छ। अन्तिम नतिजा पूरा भएपछि साझा गरिने दुवै संस्थाले जनाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
