काठमाडौँ । सडक दुर्घटनामा मृत्यु भएका पोर्चुगलका फुटबलर डियोगो जोटाको अन्त्येष्टि शनिबार हुने भएको छ ।
जोटा र उनका भाई आन्द्रे सिल्भाको अन्त्यष्टि शनिबार बिहान उनको गृहनगर केन्द्रीय पोर्टोको गोन्डोमारमा हुने बताइएको छ । जोटा र उनका भाइ आन्द्रेको विहिबार स्पेनी शहर जामोरामा कार दुर्घटनामा मृत्यु भएको थियो । कार दुर्घटना पछि आगो लागेपछि दुवैको मृत्यु भएको थियो ।
बीबीसीका अनुसार, जोटाले गरेको फोक्सोको शल्यक्रिया पछि उनलाई विमानमा यात्रा नगर्न चिकित्सकले दिएको सल्लाह अनुसार उनी स्पेनको सान्टान्डरबाट पानी जहाज मार्फत लिभरपुल फर्किने क्रममा थिए । जहाजसम्म पुग्ने क्रममा जोटाको कार दुर्घटनामा परेको बताइएको छ ।
पोर्टोबाट पोर्चुगिज सिमानाको नजिक रहेको जामोरा ३०५ किलोमिटर टाढा छ र उत्तरी बन्दरगाह शहरबाट पनि उत्तिकै दूरीमा छ । उनी सोहि बाटो हुदै इङल्याण्डबाट पोर्टो फर्किएको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
