
काठमाडौँ । सडक दुर्घटनामा मृत्यु भएका पोर्चुगलका फुटबलर डियोगो जोटाको अन्त्येष्टि शनिबार हुने भएको छ ।
जोटा र उनका भाई आन्द्रे सिल्भाको अन्त्यष्टि शनिबार बिहान उनको गृहनगर केन्द्रीय पोर्टोको गोन्डोमारमा हुने बताइएको छ । जोटा र उनका भाइ आन्द्रेको विहिबार स्पेनी शहर जामोरामा कार दुर्घटनामा मृत्यु भएको थियो । कार दुर्घटना पछि आगो लागेपछि दुवैको मृत्यु भएको थियो ।
बीबीसीका अनुसार, जोटाले गरेको फोक्सोको शल्यक्रिया पछि उनलाई विमानमा यात्रा नगर्न चिकित्सकले दिएको सल्लाह अनुसार उनी स्पेनको सान्टान्डरबाट पानी जहाज मार्फत लिभरपुल फर्किने क्रममा थिए । जहाजसम्म पुग्ने क्रममा जोटाको कार दुर्घटनामा परेको बताइएको छ ।
पोर्टोबाट पोर्चुगिज सिमानाको नजिक रहेको जामोरा ३०५ किलोमिटर टाढा छ र उत्तरी बन्दरगाह शहरबाट पनि उत्तिकै दूरीमा छ । उनी सोहि बाटो हुदै इङल्याण्डबाट पोर्टो फर्किएको बताइएको छ ।
Sudina Shrestha
प्रकाशित: २० असार २०८२, शुक्रबार १५:२०
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
