काठमाडौँ । भारतको कर्नाटकको हसन जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएको विषय अहिले चर्चामा रहेको छ । हृदयघातबाट मृत्यु हुनेहरूमा धेरै जसो १८ देखि ४० वर्ष उमेरका युवाहरू समावेश रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे अनुसन्धानको आदेश दिएका छन् । यो अनुसन्धान जयदेव कार्डियोभास्कुलर साइन्सेस एण्ड रिसर्च इन्स्टिच्युटका निर्देशकको नेतृत्वमा गरिने भएको छ ।
स्वास्थ्यमन्त्री गुन्डुले भने- ‘हामीलाई यो थाहा हुने बित्तिकै हामीले अनुसन्धानको आदेश दिएका छौं । हामी जान्न चाहन्छौं कि यसको पछाडिको कारण के हो ?’
उनले भने- ‘एक महिनामा हृदयघातबाट धेरैको मृत्यु भएको छ । एउटै जिल्लामा हृदयघातबाट यति धेरै मृत्यु हुनु चिन्ताजनक छ । यी सबै मृत्यु एउटै जिल्ला, हसनमा भएका छन् ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
