
काठमाडौँ । भारतको कर्नाटकको हसन जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएको विषय अहिले चर्चामा रहेको छ । हृदयघातबाट मृत्यु हुनेहरूमा धेरै जसो १८ देखि ४० वर्ष उमेरका युवाहरू समावेश रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे अनुसन्धानको आदेश दिएका छन् । यो अनुसन्धान जयदेव कार्डियोभास्कुलर साइन्सेस एण्ड रिसर्च इन्स्टिच्युटका निर्देशकको नेतृत्वमा गरिने भएको छ ।
स्वास्थ्यमन्त्री गुन्डुले भने- ‘हामीलाई यो थाहा हुने बित्तिकै हामीले अनुसन्धानको आदेश दिएका छौं । हामी जान्न चाहन्छौं कि यसको पछाडिको कारण के हो ?’
उनले भने- ‘एक महिनामा हृदयघातबाट धेरैको मृत्यु भएको छ । एउटै जिल्लामा हृदयघातबाट यति धेरै मृत्यु हुनु चिन्ताजनक छ । यी सबै मृत्यु एउटै जिल्ला, हसनमा भएका छन् ।’
pratikshya
प्रकाशित: १७ असार २०८२, मंगलवार १४:५०
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
