चितवन । चितवनको भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्यूटिकल्स (भिटामिन) र फूड सप्लिमेन्टहरु बिरामीलाई प्रेस्क्राइब गर्न बन्देज गरेको छ ।
चिकित्सकहरुलाई कुनै पनि बिरामीलाई यस्ता सप्लिमेन्टहरु सिफारिस गरेर किन्न बाध्य नपार्न सूचना नै जारी गरेको हो । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले बिहीबार सूचना जारी गरी यस्ता वस्तु प्रेस्क्राइब नगर्न भनेका छन् ।
अस्पतालको औषधि तथा उपचरात्मक समिति (ड्रग एण्ड थेराप्यूटिकल कमिटी) को निर्णय अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएकोछ । सूचना अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी अस्पतालले दिएको छ ।
नेपालमा अवैध रुपमा विदेशबाट आयात गरिएका भिटामिनहरु कतिपय चिकित्सकले आर्थिक प्रलोभनमा परेर बिरामीलाई लेख्दै आएका छन् । नेपालमा बर्सेनि यस्ता सप्लिमेन्टहरुले २२ अर्बभन्दा बढीको व्यापार गर्ने गरेको नेपाली औषधि उत्पादक कम्पनीहरुले जनाउँदै आएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार ०९:३०
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने