
काठमाडौं। आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।
मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ ।
थाइल्याण्डले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा अलआउट हुँदा ५९ रनमा समेटियो । नेपालका लागि कविता कुँवरले सर्वाधिक ११ रन जोडिन् भने अप्सरी बेगम र कविता जोशीले समान १० रन बनाए । अन्य खेलाडी दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्नेक्रममा थाइल्यान्डकी ओनिचा कामचोम्फु र थिपाच्चा पुथावाङले समान तीन विकेट लिए भने नटाया बुचथमले दुई तथा फनिता माया र सुनिदा चतुरङ्गरत्नले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय पाँच रनको योगफल बनाएको थियो । थाइल्याण्डका लागि नानपाट कोन्चारोएनकाइले सर्वाधिक ५९ रनको योगदान दिइन । उनले ६३ बलमा चार चौका प्रहार गरिन् । त्यस्तै नथाकन चान्थमले ३१ र चानिदा सुतिरुआङले अविजित ११ रन बनाए ।
नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए । जितसँगै थाइल्यान्ड प्रतियोगिताको फाइनलमा पुग्दै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा थाइल्यन्ड समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
Sudina Shrestha
प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार ११:४४
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
