काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा नेपाल र सिंगापुर भिड्ने भएका छन् ।
विहिबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुदै नेपाल र सिंगापुर फाइनलमा पुगेका हुन् ।
नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने सिंगापुरले हङकङ चाइनालाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
समुह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । समुह ए मा नेपाल अपराजित रहदै समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो भने सिंगापुर उपविजेता हुदै सेमिफाइनलमा पुगेको थियो ।
अब फाइनल खेल शनिबार हुने छ । त्यस्तै सेमिफाइनलमा पराजित भएका मलेसिया र हङकङ चाइना तेस्रो स्थानका लागि शनिबार नै खेल्ने तालिका रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
