
काठमाडौं । उज्बेकिस्तानले जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा लाओसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा उज्बेकिस्तानले लाओसलाई ७-० गोल अन्तरले पराजित गरेको हो । यो उज्बेकिस्तानको लगातार दोस्रो जित हो भने लाओसको लगातार दोस्रो हार हो ।
उज्बेकिस्तानको यो जितपछि समुह एफ भने रोचक बनेको छ र नेपाललाई केहि फाइदा भएको छ । समुह एफ मा नेपाल र उज्बेकिस्तानको २-२ खेलमा ६-६ अंक भएको छ । रोचक कुरा नेपाल र उज्बेकिस्तानले दुवै खेलमा १७-१७ गोल गरेका छन र दुवैले कुनै गोल खाएका छैनन् । दुवैको गोल अन्तर १७-१७ नै रहेको छ ।
अब शनिबार हुने नेपाल र उज्बेकिस्तानबीचको खेल निर्णायक हुने भएको छ । दुवैका लागि यो खेलको जित आवश्यक भएको छ । फाइनल जस्तै भएको यस खेलको विजेता देश अर्को बर्ष अस्ट्रेलियामा हुने एफसी महिला एसियन कपका लागि छनौट हुने छ ।
pratikshya
प्रकाशित: १९ असार २०८२, बिहीबार १२:२०
कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्ने

जलवायु परिवर्तनको असर बारे अन्तर्राष्ट्रिय न्याय अदालतको ऐतिहासिक फैसला

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बैठक बहिष्कार

फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा

एमालेमा पुर्वराष्ट्रपतिलाई लगाइएको रोक प्रथम दृष्टिमै वदर योग्य- महासचिव गुरुङ

जेष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्छु- प्रचण्ड
