सामान्य प्रसूतिमा गर्भधारणको नौ महिना लागिसकेपछि गर्भवती महिलालाई सुत्केरी हुने सम्भावित डेट दिइएको हुन्छ । उक्त मितिभन्दा एक हप्ताअघि या पछि प्रसव प्रक्रिया सुरु हुन्छ ।
पहिलोपटक सन्तानलाई जन्म दिँदा सामान्यतः १६ देखि १८ घन्टासम्मको प्रसव व्यथा रहन्छ, जुन वास्तवमै पीडादायक हुन्छ, तर मातृत्वको वास्तविक क्षण नै यही भएकोले यसलाई आनन्दको क्षणमा बदल्न नर्भिक इन्टरनेसनल अस्पतालले पेनलेस डेलिभरी अर्थात् पीडारहित प्रसूतिको अवधाणा ल्याएको छ ।
यसमा सामान्य सुत्केरीका बेलाजस्तो पीडा हुँदैन, जसले गर्दा आमाले हरेक पल आनन्द महसुस गर्न सक्छन् । सुरुलाई लेटेन्ट फेज अफ लेवर’ भनिन्छ, जुन एक-दुई दिन रहन्छ । यस्तो बेला पीडा बिस्तारै हुन्छ । तर बढी पीडा हुन थाल्यो, योनिबाट पानी बग्न थाल्यो भने वास्तविक प्रसवपीडा सुरु भएको मानिन्छ । यस्तो बेला पाठेघरको मुख बिस्तारै खुल्लदै जाने र बच्चाको टाउको बिस्तारै तलतिर झर्दै आउनुपर्ने हुन्छ । पाठेघरको मुख चार सेन्टिमिटर खुलेपछि सक्रिय प्रसव सुरु हुन्छ ।
यही अवधिलाई पीडारहित बनाउने काम गरिन्छ । यस्तो बेला प्रसव प्रक्रिया त जारी रहन्छ तर पीडादायी क्षणलाई आमाले बिर्सन्छिन् । त्यो पलमा आमाले संसारमा अवतरण गर्न लागेको सन्तानको प्रतीक्षा गर्दै आनन्दको अनुभूति गर्न सकून् भनेर पीडारहित डेलिभरी सूरु गरिएको हो । बडी पीडा हुन थाल्यो, योनिबाट पानी बग्न थाल्यो भने वास्तविक प्रसवपीडा सूरु भएको मानिन्छ । यस्तो बेला पाठेघरको मुख बिस्तारै खुल्दै जाने र बच्चाको ठाउको बिस्तारै तलतिर झर्दै आउनुपर्ने हुन्छ । पाठेघरको मुख चार सेन्टिमिटर खुलेपछि सक्रिय प्रसव सुरु हुन्छ ।
यही अवधिलाई पीडारहित बनाउने काम गरिन्छ । पाठेघरको मुख चार घर अर्थात चार सेन्टिटिर खुलिसकेपछि ढाडमा एउटा एन्जेक्ससन दिइन्छ, जसवाट क्याथेटर हालिन्छ । त्यो ब्याथेटरबाट एनेस्थेसियोलोजिस्टले दुखाए कम गर्ने औषधि राख्छन् । यो विधिलाई एपिड्युरल एनेस्थेसिया’ भनिन्छ । क्याथेटर लिएरै बाथरुम जान, यताउति हिँड्न सकिन्छ । दुखाई क मगर्ने औषधि दिँदा निश्चत समयस्म पीडा महसुस हुँदैन । पुनः पीडा हुन थालेपछि औषधि पुनः थपिन्छ । यसरी दुखाइ क मगर्न औषधि राख्दा सुत्केरीलाई नाइटोभन्दा मुनी पीडा महसुस हुँदैन ।
खुट्टामा अलिकता चेतना गुमेजस्तो या लाटोपन भएजस्तो अनुभूति हुन्छ । पैसवपीडा भएपनि आमालाई प्रसवपीडामा भएजस्तो लाग्दैन । त्यो बेला उनीहरु परिवार, आफन्तजनसँग कुरा गर्दै अनन्द महसुस गर्दे बस्न सक्छन् । पेनलेस डेलिभरीमा आमा र बच्चालाई कुनै हानी हुँदैन ।
नदुख्ने औषधि राखेपर्छि एनेस्थसियोलोजिस्ट’हरुले लगातार निगरानी गरिरहेका हुन्छन् । खुट्टामा चेतना कत्रिको छ ? खुट्टा चलेको छ कि छैन ? रक्तचाप र मुटुको चाल कति छ ? बिरामी हिँडेको वा पिसाब फेरेको छ कि छैन? आदि कुरामा निगरानी गरी उनीहरुले औषधिको डोज घटाउने बढाउनेजस्ता कुरा तय गर्छने । यो बेला स्त्रीरोग निगरानी गरिरहेका हुन्छन् । पाठेघरको मुख १० सेन्टिमितटर खुलेपछि बच्चको हुनेबित्तिकै क्याथेटरबाट दिइने औषधि बन्द गर्नुपर्ने हुन्छ । अनि बल्ल बिरामीलाई पीडा महसुस हुन्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ पुष २०८१, आईतवार १७:२०
रवि लामिछानेविरुद्ध मुद्धा दर्ता, सांसद पद निलम्बन
पीडारहित प्रसुतिका लागि के गर्ने ?
मुग्लिङ-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द
पहिलो संस्करणको एनपीएल सम्पन्न: कुन खेलाडीले कुन अवार्ड जिते ?
जनकपुर बोल्ट्सले जित्यो एनपीएल उपाधि
विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ : प्रधानमन्त्री ओली