काठमाडौँ । आगामी कार्तिक १७ गते रुपन्देही(३ मा उपनिर्वाचनको मिति तय भएपछि अब उम्मेदवारको चर्चा शुरु भएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उम्मेदवार बनाउने चर्चा रहेका सागर ढकालले रुपन्देही(३ मा इतिहास रच्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सागरले रुपन्देही( ३ को यस उपनिर्वाचनमा एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्ने टिप्पणी गरेका छन् ।
उनले भनेका छन्–
चितवन २ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत । अब रुपन्देही ३ मा करिब ९०,००० मत छन् त्यसमा तपाइ हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ । काँग्रेस एमाले मावोवादि एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ। जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यो ३ पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नु पर्छ। यो रुपन्देही ३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ। यो चुनाव जनता भर्सेस राणा शासन हो। दुई तिहाइ सरकारलाई नारायणगढ बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो । झोले अदालतलाई नेपाली अदालत बनाउने बाटो हो ।
कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो । जसरी गएको चुनावमा पुरै नया अनुहारहरु स्थापित गरिदिनु भयो अब फेरि पालो आएको छ । रुपन्देही ३ का मेरो प्यारो जनता यो हजुरको क्षेत्रको मात्र चुनाव होइन देशको चुनाव हो र देशको पिडा, आशु र आवाज बोल्न तयार भएर बस्नुहोला । नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
