
काठमाडौँ । आगामी कार्तिक १७ गते रुपन्देही(३ मा उपनिर्वाचनको मिति तय भएपछि अब उम्मेदवारको चर्चा शुरु भएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उम्मेदवार बनाउने चर्चा रहेका सागर ढकालले रुपन्देही(३ मा इतिहास रच्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सागरले रुपन्देही( ३ को यस उपनिर्वाचनमा एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्ने टिप्पणी गरेका छन् ।
उनले भनेका छन्–
चितवन २ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत । अब रुपन्देही ३ मा करिब ९०,००० मत छन् त्यसमा तपाइ हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ । काँग्रेस एमाले मावोवादि एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ। जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यो ३ पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नु पर्छ। यो रुपन्देही ३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ। यो चुनाव जनता भर्सेस राणा शासन हो। दुई तिहाइ सरकारलाई नारायणगढ बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो । झोले अदालतलाई नेपाली अदालत बनाउने बाटो हो ।
कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो । जसरी गएको चुनावमा पुरै नया अनुहारहरु स्थापित गरिदिनु भयो अब फेरि पालो आएको छ । रुपन्देही ३ का मेरो प्यारो जनता यो हजुरको क्षेत्रको मात्र चुनाव होइन देशको चुनाव हो र देशको पिडा, आशु र आवाज बोल्न तयार भएर बस्नुहोला । नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट् ।
Sudina Shrestha
प्रकाशित: १८ असार २०८२, बुधबार ०९:०५
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ