एक पृथ्वी एक स्वास्थ्यकालागि योग भन्ने नाराका साथ नेपाल मानव धर्म सेवा समितिले देशैभरीका क्षेत्र तथा शाखा आश्रमहरुमा ११ औ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न गरेको छ ।

देशभरी विभिन्न १५ स्थानमा आयोजना भएको योग तथा साधना शिविरमा झण्डै दुई हजार जना सहभागी भएका थिए । योगले शरिरलाई मात्र नभएर मनलाई पनि शुद्द बनाउने भएकाले हरेक दिन योग आवश्यक रहेको नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले बताउनुभयो । योग अवसर वा वर्षमा एकदिन मात्र नभएर हरेक दिन यसको अभ्यास आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

योग गुरु पुरुषोत्तम कोइरालाका अनुसार नियमित योगाभ्यास गर्ने जो कोहीपनि विरामी भएर हत्तपत्त अस्पाताल जानु पर्दैन । शरीरलाई फूर्तिलो बनाउनुका साथै मानसिक स्वास्थ्यलाई पनि निकै फाइदा योगले दिने उहाँको भनाइ छ ।
परापुर्वकाल देखि नै हाम्रा ऋषीमुनी तथा योगीहरुले योग गर्ने गरेको र यसैले उनीहरुलाई बर्षौसम्म जिवित राखेको प्रसङ्ग पनि कार्यक्रममा चर्चा गरिएको थियो । सन् २०१४ देखि जुन २१ का दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा विश्वभरी नै मनाउने गरिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
