
एक पृथ्वी एक स्वास्थ्यकालागि योग भन्ने नाराका साथ नेपाल मानव धर्म सेवा समितिले देशैभरीका क्षेत्र तथा शाखा आश्रमहरुमा ११ औ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न गरेको छ ।

देशभरी विभिन्न १५ स्थानमा आयोजना भएको योग तथा साधना शिविरमा झण्डै दुई हजार जना सहभागी भएका थिए । योगले शरिरलाई मात्र नभएर मनलाई पनि शुद्द बनाउने भएकाले हरेक दिन योग आवश्यक रहेको नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले बताउनुभयो । योग अवसर वा वर्षमा एकदिन मात्र नभएर हरेक दिन यसको अभ्यास आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

योग गुरु पुरुषोत्तम कोइरालाका अनुसार नियमित योगाभ्यास गर्ने जो कोहीपनि विरामी भएर हत्तपत्त अस्पाताल जानु पर्दैन । शरीरलाई फूर्तिलो बनाउनुका साथै मानसिक स्वास्थ्यलाई पनि निकै फाइदा योगले दिने उहाँको भनाइ छ ।
परापुर्वकाल देखि नै हाम्रा ऋषीमुनी तथा योगीहरुले योग गर्ने गरेको र यसैले उनीहरुलाई बर्षौसम्म जिवित राखेको प्रसङ्ग पनि कार्यक्रममा चर्चा गरिएको थियो । सन् २०१४ देखि जुन २१ का दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा विश्वभरी नै मनाउने गरिन्छ ।
Sudina Shrestha
प्रकाशित: ८ असार २०८२, आईतवार १०:३३
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
