काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत श्रीलंकाको सामना गर्दैछ । उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ६स् १५ बजेदेखि शुरु हुदैछ ।
फिफा वरियतामा श्रीलंका नेपालभन्दा धेरै पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ ।
यस छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९–० गोल अन्तरको जित हासिल गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै श्रीलंकाले भने आफ्नो पहिलो खेल उज्बेक्स्तानसँग १०–० ले हारेको थियो ।
आजै यस समुहको उन्बेकिस्तान र लाओसबीच पनि खेल हुदैछ । यस प्रतियोगितामा नेपालले आजको खेलपछि जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
