काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभाका पूर्वाधार विकास समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
आज अपराहन्न २ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजेदेखि बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक २०८१ को सम्बन्धमा संशोधन दर्ता गराउने सांसदहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजेदेखि बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजना बारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यसैगरी बिहान ११ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिबेदनको मस्यौदा माथि आन्तरिक छलफल हुने कार्यतालिका रहेको छ । त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदिको पुलको विषयमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
