
काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभाका पूर्वाधार विकास समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
आज अपराहन्न २ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजेदेखि बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक २०८१ को सम्बन्धमा संशोधन दर्ता गराउने सांसदहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजेदेखि बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजना बारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यसैगरी बिहान ११ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिबेदनको मस्यौदा माथि आन्तरिक छलफल हुने कार्यतालिका रहेको छ । त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदिको पुलको विषयमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
Sudina Shrestha
प्रकाशित: १८ असार २०८२, बुधबार ०९:०१
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
