
काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात कात्तिक, मंसिर र पुसमा आर्थिक वृद्धिदरमा सुधार देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो त्रैमासमा चार प्रतिशतले आर्थिक वृद्धिदर भएको अनुमान गरेको हो ।
गएको आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १ दशमलव १ प्रतिशतले ऋणात्मक थियो भने चालु वर्षको पहिलो त्रैमास अर्थात साउन, भदौ र असोजमा ३ दशमलव २ प्रतिशतको वृद्धिदर थियो । अर्थतन्त्रमा सबभन्दा ठूलो हिस्सा रहेको व्यापार क्षेत्रको वृद्धिदर कम र उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक भए पनि समग्र वृद्धिदर ४ प्रतिशतको पुग्ने देखिएको तथ्याङ्क कार्यालयको प्रारम्भिक प्रक्षेपण छ ।
व्यापार र उत्पादनमूलक उद्योग क्षेत्रबाहेक अरुमा सुधार देखिएकाले समग्र वृद्धिदर ४ प्रतिशत हुने आँकलन गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार धानलगायत अन्नबाली र अरु कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीले आर्थिक वृद्धिदरमा सुधार ल्याएको हो ।
पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्दै गए पनि औद्योगिक र व्यापार क्षेत्रको वृद्धि भने सन्तोषजनक नरहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ वटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर भने धनात्मक छ ।
यसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै २९ दशमलव ३ प्रतिशत वृद्धिदर छ भने विद्युत तथा ग्यास क्षेत्र १७ दशमलव १ प्रतिशत वृद्धिदर रहेको छ । यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर १४ दशमलव ३ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९ दशमलव ४ प्रतिशत रहने अनुमान छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ चैत्र २०८०, बुधबार ०८:२४
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
