काठमाडौं । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबिच सहज हवाई यात्रा र व्यापार विस्तारका लागि सम्झौता भएको छ । निगमबाट संसारभरकै गन्तव्यको टिकट लिएर जापान एयरलाइन्समार्फत उडान गर्ने गरी द्विपक्षीय सम्झौता भएको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौँबाट निगमको जहाजमा जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्दा जापान एयरलाइन्सको जहाजमार्फत कनेक्टिङ फ्लाइटमार्फत यात्रा गर्न सक्ने गरी सम्झौता भएको छ ।
उनले भने, “हाल निगमले सबैभन्दा टाढाको गन्तव्यका रूपमा नारितामा उडान गर्दै आएको छ । काठमाडौँबाट अमेरिकी तथा पश्चिमा मुलुकको यात्रा गर्ने यात्रुले अब जापानमा छोटो ट्रान्जिट गर्दै जापान एयरलाइन्समार्फत अन्य मुलुकमा यात्रा गर्न सक्ने भएका छन् ।”
यो सम्झौताले निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत विश्वभरको अन्तिम गन्तव्यसम्मका लागि यात्रु तथा ब्यागेज चेक–इन सुविधा प्राप्त हुने उनले जानकारी दिए । सोही नेटवर्क हुँदै विश्वभरबाट पर्यटक सहज रूपमा नेपाल भ्रमण गर्न सक्ने उनको भनाइ छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
